अनलाईन न्युजपाटी प्रिन्स मिश्र कपिलवस्तु,समाचारदाता, जेठ ३ गते
भारतबाट आएका कर्णाली र प्रदेश नम्बर ५ का नागरिकलाई -यापिड परीक्षणपछि जिल्ला प्रशासन कार्यालयको निगरानीमा आ-आफ्नो जिल्लामा पठाउन शुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले उनीहरूलाई सम्बन्धित प्रमुख जिल्ला अधिकरीसँग समन्वय गरेर फर्काउन शुरु गरिएको जानकारी गराएको छ । यता कर्णाली प्रदेश सरकारले भारत उत्तरप्रदेशको बाबागञ्ज क्वारेन्टाइनमा १४ दिन बसेर फर्केका सहित विभिन्न ठाउँबाट दुई सय बढी नागरिकलाई स्वास्थ्य जाँचसहित सुर्खेतको क्वारेन्टाईन र क्वारेन्टाइन नपुगेकाका लागि उचित व्यवस्थापनसहित पठाउने तयारी गरेको छ ।
यता बाँकेमा क्वारेन्टाईन र व्यवस्थापनमा थेग्न नसकेपछि कर्णाली सरकारले उच्च सर्तकता अपनाएको छ ।कर्णाली प्रदेश सरकारले प्रदेशको प्रवेशद्वार बबईमा आईपुगेकाहरूको व्यवस्थापनका लागि स्वास्थ्य तथा सुरक्षाकर्मीहरूको एकीकृत टोली खटाएर आवश्यक एकिन तथ्याङ्क तथा स्वास्थ्यजाँच गरिएको छ ।
प्रदेश सरकारले नेपालगञ्ज तथा अन्य ठाउँमा आरडिटी जाँच नभएकालाई बबईमा आरडिटी गर्ने, क्वारेन्टाइन क्षमताले भ्याउनेसम्मका नागरिकलाई राजधानी सुर्खेतमा राख्ने र बाँकीलाई सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीहरूको समन्वयमा जिल्लामा पठाइने प्रदेश सरकारको तयारी छ । उहाँका अनुसार कुन जिल्लाका कति र कस्तो अवस्थामा पठाउने भन्ने तथ्याङ्कसहित सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षकलाई समन्वय गरी पठाउने तयारी गरिएको छ।