अनलाईन न्युजपाटी सन्तोष यादव ,सुनसरी समाचारदाता, जेठ २१ गते
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नं. ८ मा रहेको जामिया जियाउल उलुङ क्वारेनटाइनमा बसेका ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले पुष्टि गरेका छन् । उनीहरू ७ जना भारतबाट आएको बताइएको छ । यो सँगै सुनसरी जिल्लामा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ।