ने.क.पा. का नगर अध्यक्ष रहबर पानीमा भिझ्दै भने ल सरकार हामिसंग भएको सम्पत्ति यती हो येहि बेचेर हाम्रो कर बुझिलेउ

अनलाईन न्युजपाटी सन्जु छत्कुलि,बीरगन्ज समाचारदाता जेठ २१ गते

बिश्वभरी कोरोना भाईरसको त्रासले देशमा २ महिना भन्दा बढी सरकारले लगाएको लकडाउनको कारण सबै कलकारखाना र व्यापार ठप भएको बेला सरकारले जेठ २५ गते भित्र कर तिर्ने र नतिरे जरिवाना लिने सूचना जारी गरेपछि यसको चौतर्फी बिरोध सुरु भएको छ ।

वीरगञ्जमा सत्तारुढ दल नेकपाका नगर अध्यक्ष रहबरअन्सारीको नेत्रीत्वले अर्थमन्त्रीको बिरोध गर्दै सडकमा अर्धनग्न प्रदर्शन गरेका छन् । पानीमा भिज्दै उनीहरुले कपडा खोलेर अर्धनग्न विरोध प्रदर्शन गरेका छन।

सतारुढ दल महानगर कमिटी अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा घण्टाघर चोकमा भेला भएका युवाहरुले ब्यपारीले लिएको ऋण तिर्न नसकेको र गरिब, निमुखा, र अति बिपन्न जनता भोका भएका बेला सरकारले कर तिर्ने समय तोकेर जन्ता मार्ने काम गरेको बताएका छन।

प्रदर्शनकारिहरुको नारा थियो जन्ता भोका छन्, भन्साघर रितिएको छ, अर्थमन्त्री मुर्दाबाद, बैंक ब्याज मिनाहा गर, सम्पूर्ण कर मिनाहा गर, डुबन्ते अर्थमन्त्री चाहिँदैन लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए ।

र्थमन्त्री डा.युवराज खतिवडाको निर्देशनमा आन्तरिक राजश्व विभागले यही जेठ २५ गतेभित्र कर नतिरे जरिवाना गर्ने सूचना जारी गरेको छ।

अर्थमन्त्रीले गरेको करको चौतर्फी बिरोध हुन थालेपछि सरकारले कर तिर्ने समय थप गरेको छ । बुधबार दिउँसो आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्मका लागि थप गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *