अनलाईन न्युजपाटी रौतहट, समाचारदाता, जेठ २६ गते
रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ६ का वड़ा अध्यक्ष नेतृत्वको समूहको आक्रमणबाट एक जना गर्भवती महिला सहित ५ जना घाइते भएका छन । जग्गा विबादको विषय लिएर वड़ा अध्यक्ष राजीव यादव आफ्नो भाई भरदार तथा पार्टी समर्थक सहित स्थानीय भिखर राय यादव माथि सामूहिक आक्रमण गर्दा भिखर राय सहित निजका गर्भवती बुहारी घाइते भएका हुन । विहान ९ बजेको समयमा आफ्नो घरमा बसेको बेला सयौको समूहमा आएका वड़ा अध्यक्ष यादव ,निजका भाई संजीव यादव , सरोज यादव लगायतका अन्य समर्थ हरुले घरमा बृद्ध ससुरो बाहेक अन्य कोही पुरुष नभएको अवस्थामा कुटपिट गरेको पीड़ितका बुहारी इन्दु देवीले बताइन ।
आफ्नो जग्गामा जस्ताको छानो हालेर बनाएको अस्थाई घर मेरो जग्गामा हो भन्दै वड़ा अध्यक्षका भाईहरुले छानो उखेलेर फलेको सुनाउदै ससुरा भन्न जादा घाटी समातेर ईटा माथि धकेली दिएपछि ससुरा घाइते भएको आरोप लगाए । गर्भवती मंजू देवीको पेटमा लातले हिर्काएको समेत बताए । क़ानूनी रुपमा वड़ा अध्यक्षको नाउँमा नरहेको भए पनि निहु लिएर कुटपिट गरेको उनले बताए । मारपीटबाट सुनरवती देवी , शिव पूजन यादव , शिव शंकर यादव , रमाकांत यादव ,चमेली देवी यादव घाइते भएको पीड़ितले दावी गरेको छ । स्थानीय प्रत्यक्षदर्शी विल्तु यादवले आक्रमण गर भन्दै वड़ा अध्यक्ष सयम लाठी लिएर कुटपिट गरेको बताएका छन ।
यादवको कारन गाउमा आतंकको अवस्था सृजना भएको उनले सुनाए । जग्गा नाप जांच गराउने आफै र निर्णय न मानने वड़ा अध्यक्ष यादवले उदंडता देखाएको टिप्पणी गरे । अर्का प्रत्यक्षदर्शी खहेरु राय यादवले बलपूर्वक कुटपिट गरेको आरोप लगाए । शांति सुरक्षाको लागि आएका स्थानीय प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनोज राय भरलाइ समेत वड़ा अध्यक्षका भाई हरुले कालर समातेर दुर्व्यवहार समेत गरेको जानकारी गराएका छन ।
वड़ा अध्यक्ष यादवले भने मेरो जग्गा मीचेर घर बनाएकोले किन घर बनाएको भन्न जादा आक्रमण गरेको दावी गरेका छन । प्रहरी माथि कुनै किसिमको अभद्र व्यव्हार नगरेको समेत दावी गरेको छ ।
प्रहरी सहायक निरीक्षक भरले वड़ा अध्यक्षले १०० सय जनाको समूहमा आएर घरमा बसेका महिला पुरुषलाइ आक्रमण गरी कुटपिट गरेको बताएका छन । दुइ जनाको साथमा गएको कारण स्थिति सामान्य बनाउन समस्याको सामना गर्नु परेको बताउँदै थप बल सहयोग लिए पछि अवस्था सामान्य भएको बताए । झगड़ा नगर्नु भन्न जादा वड़ा अध्यक्षको भाई संजीव यादवले घाटी समाते पछि सहयोगीको लागि आएका प्रहरीले जोगाएको उनले बताए । मारपीट गरेको आरोपमा प्रहरीले दिएको प्रतिवेदन अनुसार ३ जना पक्राउ परेको छ । एक जना फरार रहेको छ ।
पक्राउ पर्नेमा वड़ा अध्यक्षका भाई सरोज यादव स्थानीय धूपा रायको छोरा मुकेश कुमार यादव , बतहु रायको छोरा संजय यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । प्रहरीलाइ दुर्व्यवहार गरेको अभियोगमा चारै जना माथि अभद्र व्यव्हार मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले जनाएको छ । फरार भएका वड़ा अध्यक्षका अर्का भाई संजीव यादवको खोज तलाश तथा घाइतेहरु उपचार भईरहेको महतोले बताए ।