अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २७ गते
अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले गत जेठ १२ गते जागिरबाट निकालेपछि सोमबार पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका सिद्धार्थ आउजीको मृत्यु भएको छ ।
अस्पतालको गेटमा पुगेर सोमबार बिहान आफ्नो शरीरमा आगो लगाएपछि सिद्धार्थलाई थप उपचार को लागिभेरी अस्पताल नेपालगन्जमा ल्याइएको थियो ।
आगोले जलेर गम्भीर घाइते भएका उनलाई हेलिकप्टरबाट उद्दार गरेर भेरी अस्पताल ल्याए पनि ज्यान जोगिएन् । अस्पताल पुर्याएको आधा घन्टामा उनलाई भेरी अस्पतालले मृत्यु भएको घोषणा गरेका हो । उनी बयालपाटा अस्पतालमा सरसफाइको काम गर्थे ।