अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, जेठ २८ गते
पछिल्लो २४ घण्टामा प्रदेश २ मा १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सप्तरीमा ६, सिराहामा १३, धनुषामा २२, महोत्तरीमा ४४, सर्लाहीमा ४३, र रौतहटमा ६८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–२ को सामाजिक विकास मन्त्रालय जनकपुरधामले जनाएको छ ।
सप्तरीको छिपरमाई गाउँपालिकाको क्वारेन्टिनमा (१ जना महिला ५ जना पुरुष) सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सिराहाको सिराहा नगरपालिकास्थित सत्यनारायण सूर्य नारायण मरबैता यादव क्याम्पसको क्वारेन्टिनका ११ जना, बरियारपट्टी माध्यमिक विद्यालयमा १ जना र खुशीपुरमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिकामा सञ्चालित क्वारेन्टिनका ६ जना महिलासहित ३१ जना र मनरा सिसवा नगरपालिकामा सञ्चालित क्वारेन्टिनका १३ जनामा संक्रमण देखिएको छ ।
सर्लाहीको रामनगर गाउँपालिकास्थित क्वारेन्टिनका १० जना, कविलासी गाउँपालिकाको क्वारेन्टिनका ५ जना, चन्द्रनगर गाउँपालिकको क्वारेन्टिनका १० जना, कौडेना गाउँपालिका क्वारेन्टिनका २ जना र हरिवन नगरपालिकामा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
रौतहटको घिउरा, गौर, राजपुर, टिकुलिया र परोहा लगायतका स्थानका ६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।