कैलालीमा हसिया प्रयोग गरी हत्या प्रयास गर्ने तीन जना पक्राउ

अनलाईन न्युजपाटी पश्चिम ,समाचारदाता, जेठ २९ गते

कैलालीमा हसिया प्रहार गरी हत्या प्रयास गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गौरीगंगा नगरपालीका वडा नम्बर ६ का दिपक खड्कालाई मंगलबार राती कुटपिट गरी ज्यान मार्ने उद्देश्यले हसिया प्रहार गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

क्राउ पर्नेमा कैलाली गौरीगंगा नगरपालिका ६ कठौतीका २२ वर्षीय प्रकाश शाह, सोही ठाउँका २३ वर्षीय बेजन बि.क र गोदावरी नगरपालिका ९ का दिपकराज जोशी रहेको बताए।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्टको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो।

तीनै जनाले पीडितलाई गौरीगंगा नगरपालिका ६ कै कठौती लगेर कुटपिट गरी ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरेर घाईते बनाएका थिए।

उनको टाउकोमा गम्भीर चोट लागेका उनलाई प्रहरी नायब उपरिक्षक विष्टकै कमाण्डको टोलीले उपचारका लागी माया मेट्रो अस्पताल धनगढीमा ल्याएकोमा उपचार सम्भव नभएपछि नेपालगञ्ज पठाएको थियो।

घटनास्थलबाट धारिलो हतियार हसिया समेत बरामद गरिएको भने संलग्न व्यक्ति फरार रहेको अवस्थामा पक्राउ  परेका हुन्। उनीहरु विरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *