अनलाईन न्युजपाटी पश्चिम समाचारदाता, असार ४ गते
सुर्खेतमा आत्महत्या गरेकी एक युवतीको कोरोना पोजिटिभ रिपोर्ट आएको छ । भारतबाट आएकी सिम्ता गाउँपालिका वडा नं ८ की २५ वर्षीया युवतीले आत्महत्या गरेकी थिइन् ।
भारतबाट श्रीमानसहित जेठ १२ गते आएर चौध दिनसम्म क्वारेन्टाइनमा बसेपछि आरडीटी परीक्षणमा रिपोर्ट नगेटिभ आएपछि घर फिर्ता भएकी थिइन् । जेठ ३० गते घरबाट हराएको र असार १ गते झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

पोष्टमार्टम गर्न मेहेलकुना अस्पताल ल्याएपछि डाक्टरहरूले मृत्तक क्वारेन्टाइनमा बसेकाले कोरोना परीक्षण गर्नुपर्ने भनेपछि स्वाब सङ्कलन गरिएको थियो । बुधबार मृतकको रिपोर्टमा कोरोना पोजिटिभ आएको छ । शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ । मृतक घर गएकाले मृत्तकसँग सम्पर्कमा रहेकाको खोजी कार्य भएको र कोरोना परीक्षण गरिने बताउनुभयो ।