रबिभुषण यादबको सक्रियतामा चोरीको १८ थान मोबाइल पक्राउ गरि मोबाइल धनिहरुलाई बुझाए

अनलाईन न्युजपाटी, संजु छतकुलि,बिरगंज,समाचारदाता, असार १९ गते

जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाको विभिन्न ठाँउ बाट चोरी भएको मोबाईलहरु फैला पारि मोबाईल  धनिहरुलाई बुझाएको छ ।

पर्सा जिल्लाको विभिन्न ठाऊबाट मोबाइल चोरी र हराएको मोबाईलहरुको निबेदन परेपछि जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्चका प्रहरी निरीक्षक रबिभुषन यादवको सक्रियतामा थप अनुसन्धान गरि विभिन्न ठाऊबाट छुटछुटे ब्रान्डको १८ थान मोबाईल फेलापारी मोबाईल धनिहरुलाई बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गागा पन्तले बताउनु भयो ।

पर्सा प्रहरीले यस्ता चोरीको घटनाहरुको   निवेदनहरुको हकमा अनुसन्धान तथा खोज तलास कार्य जारी रहेको र फेला परेमा सम्बन्धीत धनिलाई फोन मार्फत जानकारी गराईने जिल्ला प्रहरी कार्यालय पर्साका  प्रहरी उपरीक्षक  गांगा पन्तले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *