खानेपानी ढुवानी गर्ने ट्याङ्करको ठक्करबाट कञ्चनपुरमा एकजनाको मृत्यु

अनलाईन न्युजपाटी, कंचनपुर,समाचारदाता, असार १९ गते

कञ्चनपुरमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका-१ स्थित कालिका स्वास्थ्यचौकी नजिकै ट्याङ्करले ठक्कर दिँदा ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

से ६ प ६४२६ नम्वरको मोटरसाईकलमा सवार उनलाई बा १ क ९७८४ र से १ क १७४ नम्वरको ट्याङकरमध्ये एउटाले ठक्कर दिएको प्रहरी नायव उपरिक्षक थापाक्षेत्रीले बताए। 

घटनापछि आक्रोसित स्थानीयले पानी ढुवानी गर्ने दुई वटा ट्याङ्करमाथि आगजनी गरेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *