बाजुरामा चट्याङ लाग्दा आठ वर्षीय बालकको मृत्यु

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, असार २० गते।

बाजुराको बूढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालकको  मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

वडा नं १० पाण्डुसैनको भैँसीखर्कमा बसिरहेकका बेला गएराति परेको चट्याङ लागेर आठ वर्षीय दीपेश बोहराको घटनास्थलमै मृत्यु भएको छ भने मृतकका ठुलाबुवा ४५ वर्षीय सौउरे बोहरा गम्भीर घाइते भएको आफन्त इन्द्र बोहराले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *