अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, असार २० गते।
गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार शनिबार दिउँसो कास्कीको पोखरा महानगरपालिकाका ४ जना र गोरखाका ५ जना गरि थप ९ जनामा कोरोना पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ४ पुरुसहित गोरखाको शहिद लखन र पालुङटारमा ५ संक्रमित थपिएका हुन् । शहिद लखनमा थपिएका संक्रमितमध्ये १ पुरुष र एक महिला रहेका छन् ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८८ पुगेको छ।