पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशी कोरोना संक्रमित

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता, असार २० गते।

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीलाई कोरोना भएको छ। कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका हुन् ।

‘दिउँसो मलाई हल्का ज्वरो महशुस भयो र मैले तुरून्त आफूलाई होम क्वारेन्टिनमा राखें। ममा कोभिड-१९ पाइएको छ। अल्लाहको कृपाले मैले आफूलाई मजबुत र उर्जावान महशुस गरिरहेको छु। घरबाट नै म आफ्नो जिम्मेवारी निभाउने छु। कृपया मेरो लागि प्रार्थना गर्नुहोस्’, ट्विटरमा उनले लेखेका छन्।

पाकिस्तानमा हालसम्म २ लाख २१ हजार बढी संक्रमित फेला परिसकेका छन् भने सोका कारण ४ हजार ५ सय ५१ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *