देशभरका पाँच वर्षसम्मका बालबालिकालाई सोमबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असार २२ गते।

देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज  र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य सेवा विभागले आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ ।

सोमबार खान छुटेकालाई मंगलबार खुवाइनेछ । गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका गत चैत २१ गते स्थगित गरिएको थियो ।

कोरोना भाइरसको महामारी भएका कारण यस वर्षको खोप कार्यक्रममा सचेतता अपनाइएको छ । स्वास्थ्यकर्मीले पञ्जा, मास्क र अनुहार ढाक्ने भाइजर लगाएका छन् । भिटामिन ए खुवाउने बालबालिका रअभिभावक पनि मास्क लगाएर आएका थिए । धेरैजसो ठाउँमा स्वास्थ्यकर्मीले अभिभावकलाई नै भिटामिन ए खुवाउने जिम्मा दिएका थिए  ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *