नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ कर्मचारीमा कोरोना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असार २२ गते।

नेपाल वायुसेवा निगमका तीनजना पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण भएको छ। निगमका अनुसार विदेशबाट यात्रु उद्धारमा खटिएका पाइलटसहित १४ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो।
त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रुका कर्मचारी रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ ।

नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तव्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *