महिलाहरू बिच भएको विवादले उग्ररूप लिएपछी कुटपिट भएको स्थानीय

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, असार ३१ गते

भोटियाटोल नयाँ बस्तीमा केही दिन अगाडि भएको झगडा अहिले आएर जटिल बन्दै गएको छ । कुटिएका ममता यादव पक्षधर र कुटपिटको आरोप लागेका सुखिपुर नगरपालिकाका का वडा अध्यक्ष रामलोभित यादव पक्षधर ले यस मुद्दालाई झन्झन् पेचिलो बनाएको छ । ममता र रामलोभीत पक्षधरले पालैपालो पत्रकार सम्मेलन गरि आआफ्नो पीडा पोखेका छन ।

वडा अध्यक्ष यादवको अनुसार उनलाई षड्यन्त्रपुर्वक फसाउन खोजिएको छ । उनलाई उनकै छिमेकीहरुले बचावको लागि ममता यादवलाई दोष दिईरहेका छन भने उता ममताको छिमेकीहरुले वडा अध्यक्षको गल्ती भएको दावी गरिरहेका छन ।

 महिलाहरू बिच भएको विवादले उग्ररूप लिएपछी कुटपिट भएको स्थानीयको भनाई रहेको छ । महिलाहरू बिच भएको झगडाको बेला आफू उपस्थित पनि नरहेको भन्दै आफू माथि छल भईरहेको अध्यक्ष यादवको असन्तुष्टि रहेको छ भने उता ममता पक्षधरले अध्यक्ष स्वयं कुटपिटमा सम्लग्न रहेको दावी गर्छन ।

स्थानीय रियासत अन्सारीको अनुसार उनी घटनाको बेला त्यहाँ उपस्थित थिए र अध्यक्ष यादवले नै आक्रमण गरेको उनको दावी रहेको छ । त्यसैगरी अर्का एक स्थानीय प्रकाश के.सी ले पनि घटना भएको बेला अध्यक्ष यादवको उपस्थिती रहेको दावी गर्छन ।

स्थानीय ममता यादव र वडाध्यक्ष यादवकी बुहारी रीता यादव र रेखा यादव बीच भएको लछारपछारमा  घाइते भएकी ममता यादवलाई अध्यक्षले तत्कालै ६० हजार उपचार खर्च दिएको अध्यक्ष पक्षधरको दावी छ भने उता ममता पक्षधरले उक्त कुरालाई ईनकार गरेका छन । 

टोलमा प्रायजसो झगडा मिलाउन प्रयास गर्ने अध्यक्ष यादवलाई उल्टै फसाउने षड्यन्त्र भईरहेको त्यहीँका स्थानिय कृष्ण शर्मा र रागनी सिंह दुनुवारको भनाई रहेको छ । राजनैतिक पुर्वाग्रहको शिकार बनी आफुबाट दश लाख रकम मागेको र नदिए चरित्रहत्या गरिदिने धम्की ममता यादवबाट आएको अध्यक्ष यादवले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए ।

उता ममताले आफुलाई १० लाख रकम माग्न उस्काएको बताउछिन् । ममता पक्षधरको एक युवक रामनारायण यादवले पनि आफू उक्त घटनाको प्रत्यक्षदर्शी भएको दावी गरेका छन उनको भनाइमा पनि अध्यक्ष यादव घटनाको दिन त्यहाँ उपस्थित रहेको थियो । घटनाको मुद्दा दायर भईसकेको ममता पक्षधर ले जानकारी गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *