आज साउन १ बाट अनलाइन कक्षा अनिश्चितकालका लागि बन्द

अनलाईन न्युजपाटी काठमाडौँ, समाचारदाता, साउन १ गते।

सरकारसँग असन्तुष्ट निजी विद्यालय सञ्चालकहरुले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका छन् । प्याब्सन, एनप्याब्सनले बिहीबारदेखि देशभर अनलाइन र दूरशिक्षाको पठनपाठन रोक्ने जनाएका हुन् ।

अनलाइन कक्षा बन्द भएपछि शिक्षक तथा कर्मचारीलाई पनि बेतलबी विदा दिइएको छ ।विद्यालय बन्द रहेको अवस्थाको शुल्क उठाउन पाउनुपर्ने, राज्यले राहत प्याकेज दिनुपर्ने माग राख्दै आएका निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनले माग सम्बोधनन भएपछि अनलाइन कक्षा बन्द गरेका हुन ।

कोरोना महामारीका कारण ११ चैतदेखि शैक्षिक संस्था बन्द छन् । सरकारले असारबाट अनलाइन कक्षा सञ्चालन गरी असारबाट शुल्क उठाउने अनुमति दिएको थियो । तर निजी विद्यालयले बैशाखबाट कक्षा सञ्चालन गरेको बताउँदै बैशाखबाटै शुल्क उठाउन पाउनुपर्ने माग राख्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *