अनलाईन न्युजपाटी सन्जु छत्कुलि,बिरगंज,समाचारदाता, साउन ३ गते
बाराको महागढीमाई नगरपालिका वडा नं २ बरियारपुर चौक बाट नक्कली रुपैयाँ सहित ३ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्युरो कोटेश्वर र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलिले बाराको महागढीमाई नगरपालिका वडा नं २ बरियारपुर चौक बाट ३ जनालाई नक्कली रुपैया सहित नियन्त्रणमा लिईएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनु भयो ।
तिनै जनालाई नियन्त्रणमा लिई झोला चेक्जाच गर्दा नेपाली नोट रु १००० को ११६५ थान , रु १०० को ७४६ थान ,भारतिय नोट रु ५०० दर को २८४ थान रु ५० दर को ७०६ थान सहित उनिहरुलाई पक्राउ गरिएको प्रवक्ता मिश्रले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा बाराको अदर्श कोतवाल गाउँपालिका वडा नं ६ निवासी ३० बर्ष कानरेन्द्र प्रसाद कुशवाहा,सिम्रोनगढ नगरपालिका ५ निवासी २६ बर्सिय मनोज कुमार साह र अर्का भारत को मोतिहारी जिल्ला निवासी सुधिर कुमार कुशवाह रहेको बरा प्रहरीले बताएको छ।
पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यलय बारामा राखी थप अनुसन्धान भैइरहेको बारा प्रहरीले जनाएको छ ।