अनलाईन न्युजपाटी सन्जु छत्कुलि,बिरगंज,समाचारदाता, साउन ३ गते
बीरगंज मालपोत कार्यालयले नक्कली कागजातको आधारमा हाल मर्कन्टायलको कार्यालय रहेको ५० करोड मूल्य बराबरको जमिन नामसारी गरिदिएको छ ।
काठमाडौं महानगरपालिका–१ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा वीरगंज महानगरपालिका–वडा नं ५ को कित्ता नम्बर ७१ को ३२५ वर्गमिटर, कित्ता नं ३ को १२७३ ÷८ वर्गमिटर, कित्ता नं १८६ को १०३ ÷४ वर्गमिटर र कित्ता नं १४३ को ८६ ÷१० वर्गमिटर जग्गा २०७६ फाल्गुण १२ गते मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा रजिष्ट्रशन पास गरेको हो । गोपाल राजभण्डारी र श्रीमती कमलाराजभण्डारी तीन सन्तान ।
नक्कली कागजात बनाउने गिरोहले गोपाल राजभण्डारी र श्रीमती कमलाराजभण्डारीका जेष्ठ सुपुत्र मुकेशराज भण्डारीको नाममा नामसारी माँग गर्दै मालपोत कार्यालयमा ०७६ माघ २९ गते नामसारीको लागि निवेदन दिए । मुकेश राजभण्डारी जेठो नेपालमा रहेको देखाइएको छ ।
अन्य दुई भाई राकेश राजभण्डारी, रूपेश राजभण्डारी अष्ट्रेलिया रहेको देखाइएको छ । अष्ट्रलियमा रहेका दुई भाइले त्यही बाट दाजु मुकेशराज भण्डारीको नाममा जग्गा नामसारीको मन्जुरीनामा त्यहा रहेको दुतावास मार्फत पठाएको देखिन्छ ।
गोपालराज भण्डारी र कमला राजभण्डारीको मृत्यु दर्ता प्रमाण पत्र , तीन दाजुभाईको नागरिकता, ललितपुर महानगरपालिकाको वडा नं ३ ले दिएको सिफारिश पत्र,नाता प्रमाणीतको कागज , अष्ट्रेलियामा रहेको नेपाली दुतावासले लेखेको पत्र सबै नक्कली हुंदाहुँदै पनि मालपोत कार्यालय पर्साले पैसा लिएर सक्कली बनाइ जग्गा नामसारी गरेको हो ।
जबकी उनीहरु काठमाण्डौं महानगरपालिकाको स्थायी बासिन्दा भएपनि सबै सिफारिस भने ललितपुर नगरपालिकाले गर्नु र त्यसैलाई पर्सा मालपोत कार्यालयले आधार मान्नुलाई यसमा ठूलै चलखेल भएको बताइन्छ ।
नक्कली कागजको आधारमा मालपोत कार्यालयले जग्गा नामसारी गरिदियो । मुकेशराज भण्डारीको नाममा जग्गा नामसारी गरिएको छ । तर ति ब्यक्तिको हुन भन्ने कुरा खुलेको छैन । उता मुकेश राजभण्डारी नै नक्कली भएको यथेष्ठ प्रमाण हुँदा हुदै पनि पर्सा मालपोत कार्यालयले नामसारीको लागि सबै चांजोपाँजो मिलाउनुमा ठुलै रकमको चलखेल भएको सजिलै बुझ्न सकिन्छ।
मुकेश राजभण्डारीले जग्गा बिक्रीकालागि बीरगंजका गिरधारी अग्रवालसंग ५० लाख बैना रकम लिएको देखिन्छ । तर बैना अनुसारको जग्गा पास नगरिदिएपछि अग्रवालले मुकेश राजभण्डारीको खोजी गर्दा उनी फेला परेनन । अग्रवालले जग्गाधनी बिरुद्ध पर्सा जिल्ला अदालतमा मुद्धा दायर गरेका छन ।
पर्सा जिल्ला अदालतले एक कित्ता जमिन रोक्का समेत राख्ने आदेश दिएको छ । मालपोत कार्यालय पर्साले सबै कागजात नक्कली, अष्ट्रलियाली राजदूतबासको सिफारिस पनि नक्कली हुदाहुदै पनि जग्गा माफियाहरुले माल्पोत कार्यालयलाई कराडौंको प्रलोभन माललाई दिई सुटुक्क नामसारी समेत गर्नु बिरगंज मालपोत कार्यालयको कालो कर्तुत हो।