अनलाईन न्युजपाटी काठमाडौँ समाचारदाता, साउन ६ गते
साउन ८ गते बिहीबारबाट सार्वजनिक यातायात सञ्चालन गर्ने जानकारी दिएका हुन् । मंगलबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर साउन ८ गतेदेखि छोटा, मझौला तथा लामो रुटका सबै सार्वजनिक यातायात सञ्चालन गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले घोषणा गरेका छन् ।