सुदूरपश्चिम प्रदेश सभा भवन सहित कैलालीका विभिन्न ठाउँमा शंकास्पद वस्तुहरु फेला

अनलाईन न्युजपाटी काठमाडौँ समाचारदाता, साउन ६  गते।

सुदूरपश्चिम प्रदेश सभा भवन सहित कैलालीका विभिन्न ठाउँमा शंकास्पद वस्तुहरु फेला परेका छन्।

सुदूरपश्चिमको कैलाली जिल्लाका विभिन्न ठाउँमा रहेका संकास्पद वस्तुहरु बम भएको हुनसक्ने आशंका गरिएको छ।

कैलालीका बिभिन्न ठाउँमा राखेका संकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलिले डिस्पोज गरेको छ । अज्ञात समुहले गएराति कैलालीका बिभिन्न ठाउँमा संकास्पद बस्तु राखेको थियो । लम्कीचुहा नगरपालिकाको कार्यालय अगाडी राखिएको  प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलिले डिस्पोज गरेको छ ।

अज्ञात समुहले गएराति कार्यालय अगाडि पुर्बपश्चिम महेन्द्ररामार्गको छेउमै कपडामा बाधेर प्रेसरकुकर बम राखेको थियो । बिहान स्थानियले संकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगतै नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान डिस्पोज पारेको थियो । यस्तै सुदुर पश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीका विभिन्न ३ स्थानमा फेला परेका संंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय जाने बाटो, धनगढी बजारको एलएन चोकमा रहेको प्रेसर कुकर बम नेपाली सेना निष्क्रिय पारेको कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । अहिले सम्म विभिन्न ४ स्थानमा बम जस्तै देखिने शङ्कास्पद बस्तु फेला परेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *