पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु

अनलाईन न्युजपाटी काठमाडौँ समाचारदाता, साउन ६  गते।

धादिङमा पहिरोमा पुरिएर सोमबारराति एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।

पहिरोले पुरिएका उनीहरुको मृत्यु भएको अवस्थामा शव फेला परेको जानकारी खड्काले दिए ।

प्रहरी र स्थानीय बासिन्दाले मृतकको शव बाहिर निकालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *