अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन ६ गते
कोरोना भाइरसबाट ब्राजिल विश्वमा दोस्रो सबैभन्दा बढी प्रभावित देश बनेको छ ।
जॉन्स हॉपकिन्स डैशबोर्ड तथ्यांक अनुसार ब्राजिलमा संक्रमितहरुको संख्या २१ लाख १८ हजार भन्दा बढी छ भने मृत्युको संख्या ८० हजार नाघेको छ।
ब्राजिलका राष्ट्रपति जाइर बोलसनोरो पनि कोरोना भाइरसबाट संक्रमित छन्। यस बाहेक ब्राजिल सरकारका दुई अन्य मन्त्री पनि संक्रमित भएको बताइएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार नागरिकता मन्त्री ओनिक्स लोरेन्जोनी र नवनिर्वाचित शिक्षामन्त्री मिल्टन रिबेरो संक्रमित छन् ।