कैलालीको लम्कीमा एक युवक माथि खुकुरी प्रहार

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, साउन ९  गते।

कैलालीको लम्कीमा एक युवक माथि दिनदहाडै खुकुरी प्रहार भएको छ । लम्कीचौराहा नजिकै रहेको लम्की सार्बजनिक सौचालय अगाडिको एक सैलुनमा कपाल काटेर बाहिर निस्कने वितिकै एक समूहले वडा नम्बर १ का २८ बर्षिय रमेश बहादुर शाही माथि खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहार बाट शाहीको दुबै काधको दायाँबायाँ गम्भीर घाउँ लागेको छ । भने शरीका अन्य भागमा समेत खुकुरीले काटेको छ ।

घाइते शाही आक्रमणकारीको हुलबाट चौराहानजिक रहेको प्रहरी बिटतर्फ भागेपछि बाच्न सफल भएका थिए। अक्रमणकारी भने अहिले फरार रहेको र प्रहरीको टोली त्यहाँ पुगेको छ। 

अहिले घाइते शाहीको लालरत्न अस्पतालमा उपचार भइरहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *