अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन ९ गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सक्रिय संक्रमितको संख्या ५३८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।
आज थप १०७ जना निको भएर घर फर्किएको छ। अहिलेसम्म निको हुनेको संख्या १२९४७ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।