कोशी अस्पताल परिसरमा एक बिरामीको उपचार नहुँदा एम्बुलेन्स भित्रै मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता, साउन ९ गते

उचित समयमा उपचार नहुँदा एक जना बिरामीको एम्बुलेन्समै मृत्यु भएको छ । अस्पतालको आकस्मिक कक्ष बाहिर ल्याएर एक घण्टासम्म बिरामीलाई पर्खाउँदा उहाँको अस्पताल परिसरमा एम्बुलेन्सभित्रै मृत्यु भएको हो ।

उदयपुरको कटारी नगरपालिका–५ बाट एम्बुलेन्समा राखेर शुक्रबार उपचारका लागि विराटनगर ल्याइएका २३ वर्षीय पदमबहादुर राईको ज्यान गएको छ । राईलाई श्वास फेर्न समस्या भएपछि स १ च १२०५ नम्बरको एम्बुलेन्सबाट कोशीमा ल्याइएको थियो ।

बिरामी लिएर दुई जना महिलाहरू आएका थिए । आफूले ल्याएको बिरामीको एम्बुलेन्समै मृत्यु भएपछि उहाँहरू हतास् हुनभएको छ । एक जना महिला कुरुवाको अनुसार हामी २.४५ बजे अस्पताल परिसरमा आइपुगेको एम्बुलेन्सबाट बिरामी झार्न अस्पताल प्रशासनले अस्वीकार गरेको थियो । त्यसको एक घण्टापछि मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *