शुक्रबार राति १७ लाख बराबरको खसीबोका नवलपरासीबाट बरामद

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता, साउन १० गते

नवलपरासीबाट सशस्त्र प्रहरीले शुक्रबार राति १७ लाख बराबरको खसीबोका बरामद गरेको छ ।

भारतबाट अवैधरुपमा लुकाइछिपाइ नेपाल भित्र्याइएको ८५ वटा खसीबोका सुस्ता गाउँपालिका–५ रतनगञ्ज क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेड क्वार्टरको टोलीले बरामद गरेको हो ।  

बरामद गरिएका सबै खसीबोकालाई आवश्यक कारबाहीका लागि आज महेशपुर भन्सार पठाइएको सशस्त्र प्रहरी उपरीक्षक भरत खतियाले जानकारी दिए ।

पछिल्लो पटक यस जिल्लामा भारतबाट अवैधरुपमा नेपाल भित्रिने विभिन्न मालसामान सशस्त्र प्रहरीले र नेपाल प्रहरीले टोलीले बरामद गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *