अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन ११ गते
जर्मनीमा एक घरमा सानो आकारको विमान ठोक्किएर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ ।
स्थानीय अधिकारीका अनुसार जर्मनीको उत्तर–पश्चिमी क्षेत्र वेसेलमा माइक्रोलाइट विमान घरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो । विमानमा दुईजना रहेको हुन सक्ने जनाइएको छ ।
विमान ठोक्किएको घरमो छानोमा क्षति पुगेको छ । सो विमान मार्लबाट उडेको थियो ।
स्थानीय समय अनुसार शनिबार पौने तीनबजे तिर दुर्घटना भएको हो ।