विश्वमा एकैदिनमा २ लाख ५८ हजार बढी मानिस कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन ११ गते

विश्वमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । दिनहुँ लाखौँ मानिसहरु यसको सिकार भएका छन् । त्यस्तै गएको २४ घण्टामा विश्वमा २ लाख ५८ हजार बढी मानिसमा संक्रमण देखएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन २ लाख ५८ हजार २ सय २८ जनामा संक्रमण देखिएको छ भने ५ हजार ७ सय १३ जनाको कोरोनाबाट ज्यान गएको छ । सबै भन्दा धेरै संक्रमित अमेरिकामा भेटिएका छन् जहाँ ६७ हजार ४ सय १३ जनामा संक्रमण देखिएको छ यसरी संक्रमितको संख्या ४३ लाख १५ हजार ७ सय ९ पुगेको छ । त्यस्तै अमेरिकामा एकैदिन ९ सय ८ जनाको ज्यान गएको छ । यसरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार ३ सय ९८ पुगेको छ ।

फ्रान्समा कुल मृतकको संख्या २४ हजार ५ सय ९४ भएको छ भने करीब १ लाख ६७ हजार ३ सय ४६ संक्रमित भएका छन् । त्याहाँ पछिल्लो २४ घण्टामा केबल १ सय ६८ जना मात्रै संक्रमित भएका छन् । जर्मननीमा मृतकको संख्या ६ हजार ७ सय ३६ पुगेको छ भने संक्रमित एक लाख ६४ हजार माथि पुगेको छ ।

यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख २२ हजार ३ सय ९२ पुगेको छ भने ३ हजार २ सय ५८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *