अनलाईन न्युजपाटी,पश्चिम ,समाचारदाता, साउन १५ गते
लगातार दुई दिन देखिको आएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव उच्च बढेको छएक स्थानियका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको छ।
भारतले लामो समयदेखि महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुगे शारदा ब्यारेजमा ठूला सवारी साधनलाई रोक लगाउँदै आएको थियो।
लकडाउनका कारण भारतबाट सिमित समयमा नेपालीसो नाकाबाट फर्किने गरेको भए पनि सवारी साधन भने पूर्णरुपमा बन्द छन्।
वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै नदी किनारमा नजान र सुरक्षित रहन आग्रहसमेत गरिएको छ।