नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,साउन १८ गते

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको हो ।

हाल कच्चा तेल, डलरको विनियम दर तथा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मुल्य समेत वृद्धि भएकाले निगमद्धारा पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य वृद्धि भएको हो ।

साउन १७ रातीदेखि लागु हुने मुल्य अनुसार प्रतिलिटर २ रुपैंयाँले वृद्धि गरी काठमाडौंमा पेट्रोल प्रतिलिटर १०४ र डिजेल/मट्टीतेलको प्रतिलिटर ९० रुपैंयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *