नेपालमा कोरोना संक्रमणबाट आज थप पाँच जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २२ गते

कोरोनाभाइरसको संक्रमणका  कारण नेपालमा  थप पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

मोरङ जिल्ला रंगेली नगरपालिका वडा न ८ बस्ने ४५ बर्सिय पुरुषको निधन भएको छ। वहा ज्वरो तथा स्वास प्रस्वासमा समस्या भई उपचार को क्रम मा निधन भएको छ।

र्को पनि मोरङ जिल्ला बिराटनगर महानगरपालिका बस्ने ४५ बर्सिय पुरुषको निधन भएको छ।

सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा न ८  बस्ने ६५ बर्सिय एक महिलाको निधन भएको छ।

नुषा जिल्ला मिथिला नगरपालिका वडा १० लालगढ बस्ने ७२  महिलाको निधन भएको छ। वहा दम र उच्च रक्त चापको रोगबाट ग्रसित थिए।

सप्तरी जिल्ला रुपनी नगरपालिका वडा न ५ बस्ने बर्ष ४२ का एक पुरुषको निधन भएको छ। मृतक सबै जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सामा पाँच जनाको कोरोनाका कारण मृत्यु भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *