अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २३ गते
कोरोनाभाइरसको संक्रमणका कारण नेपालमा थप पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।
पर्सा जिल्ल्ला बिरगंज महानगरपालिका वडा न ९ बस्ने ४५ बर्सिय पुरुष को निधन भएको छ। वहा मधु मेह तथा उच्च रक्त चापका बिरामी उपचारको क्रममा निधन भएको छ।
पर्सा जिल्ल्ला बिरगंज महानगरपालिका वडा न ११ श्रीपुर बस्ने ७९ बर्सिय पुरुषको घर मै निधन भएको छ ।
पर्सा जिल्ल्ला बिरगंज महानगरपालिका वडा न ११ श्रीपुर बस्ने ५७ बर्सिय पुरुषको निधन भएको छ । वहा मधु मेह तथा उच्च रक्त चापका बिरामी हुनुहुन्थियो ।
सिरहा जिल्ला गोलबजार वडा न १२ बस्ने २५ बर्सिय पुरुषको निधन भएको छ। वहा मृगौलाको बिरामी उपचारको क्रममा निधन भएको छ।
सर्लाही जिल्ला बसन्तपुर स्थाई घर भएका ४५ बर्सिय पुरुषको निधन भएको छ। मृतक सबै जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सामा पाँच जनाको कोरोनाका कारण मृत्यु भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।