अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २४ गते
हात्तीको दाह्राजस्तो देखिने वस्तुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगर-४ सुकेधाराबाट महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले शुक्रबार साढे १ बजे तीन जनालाई पक्राउ गरेको हो।
उनीहरूले सुकेधारामा हात्तीको दाह्राको खरीद/विक्री गर्दैछ भन्ने प्रहरीले पूर्वसूचना पाएको थियो।
त्यही अनुसार प्रहरीले कपन बस्ने २८ वर्षीय रुद्र लिम्बु, २५ वर्षीय हरि कार्की र सामाखुसी बस्ने २२ वर्षीय सुबोध देवकोटालाई पक्राउ गरेको हो।
उनीहरूबाट प्रहरीले १० इन्च लामो हात्तीको दाह्राजस्तो देखिने बरामद गरेको हो।
उनीहरूमाथि थप अनुसन्धान भैरहेको छ।