नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २४ गते

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका १, पर्सामा १ र मोरङमा एक जनाको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका–६ की ४१ वर्षीय महिलाको मृत्यु भएको बताए। पाटन अस्पतालमा उपचाररत ती महिलोको शुक्रबार मृत्यु भएको उनले जानकारी दिए। ती महिला पाठेघरको क्यान्सर र निमोनियाको समस्याबाट पीडित रहेको उनले जानकारी दिए।

त्यस्तै कोरोनाबाट पर्साको वीरगन्जका ७४ वर्षीय पुरुषको मृत्यु भएको मनत्रालयले जनाएको छ। वीरगन्ज महानगरपालिका–३ छपकैया ती पुरुषको साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा निधन भएको थियो। मधुमेह र दमका रोगी उनको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको हो।

कोरोना संक्रमणबाटै मोरङको विराटनगर महानगरपालिका –९ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ। उच्च रक्तचापका रोगी ती पुरुषको साउन २३ गते कोसी अस्पतालमा शुक्रबार मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *