कञ्चनपुरमा दम्पत्ति हत्या घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ

अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, साउन २७ गते

कञ्चनपुरमा दम्पती हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । 

कञ्चनपुरको बेलौरी नगरपालिकाका ६२ वर्षीय घनश्याम खाती र उनकी ५५ वर्षीया श्रीमती बालादेवीको हत्या गरेको आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

हत्या आरोपमा पक्राउ पर्नेमा बेलौरी नगरपालिका–७ का ५३ वर्षीय प्रकाश ऐर, ३५ वर्षीय दिनेश राना, हात्तीबोझाका ३६ वर्षीय होरी राना र कृष्णपुर नगरपालिका–२ का ४५ वर्षीय रवि राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षत्रीले बताए । 

उनका अनुसार चारै जनाले खाती दम्पतीको योजनावद्ध रूपमा हत्या गरेको खुलेको छ । गत शुक्रबार राति धारिलो हतियार प्रहारबाट बालादेवीको सोही राति ज्यान गएको थियो भने घाइते उनका श्रीमान्‌को उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *