नेपालमा थप आठ जनाको कोरोना भाइरसबाट मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २८ गते

नेपालमा पछिल्लो २४ घण्टायता थप आठ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको ब्रिफिङका क्रममा थप आठ जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौँकी ७२ वर्षीया महिला, धादिङका ३२ वर्षीय पुरुष, धनुषाका ७१ वर्षीय पुरुष र २८ वर्षीया महिला, सप्तरीका ७२ वर्षीय पुरुष, मोरङका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *