अनलाईन न्युजपाटी,काठमाडौँ समाचारदाता, साउन ३० गते
नेपालमा पछिल्लो २४ घण्टायता थप चार जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको ब्रिफिङका क्रममा थप चार जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार आज मोरंग सिरहाका एक-एक जना र बाराका दुई जना पुरुषको निधन भएको छ।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ९९ पुगेको छ ।