कैलालीमा ८१ हजार नगदसहित ८ जना जुवाडे पक्राउ

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, साउन ३१ गते

कैलालीमा ८१ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन्। गएराति जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ बसपार्कमा रहेको दिपाली होटल एण्ड लजमा जुवा खेलीरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिईएको प्रहरी टोलीले नगद सहित जुवाडेलाई पक्राउ गरेको हो।

लम्कीचुहा नगरपालिका वडा नम्वर १ का ३२ बर्षीय रामराज जैशी, सोही ठाउँका ३६ बर्षीय लक्ष्मण बुढाथोकी, ३३ बर्षीय जिवन अधिकारी, ३० बर्षीय धमिन्द्र रावललाई पक्राउ गरिएको हो।

यस्तै सोही ठाउँका २० बर्षीय पवन थापा, वडा नम्वर २ का ३३ बर्षीय प्रकाश शाही, वडा नम्वर ४ का ३३ बर्षीय पुरन बिक र घोडाघोडी नगरपालिका १ बस्ने अक्कल शाहीलाई पनि पक्राउ गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *