सिन्धुपाल्चोकको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन ३१ गते

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो ।

२६ जना अझै हराइरहेका छन्‌। ​पहिरोमा पुरिएकामध्ये ५ जनाको शव शुक्रबार दिउँसो र थप ५ जनाको शव अपराह्न फेला परेको थियो। पहिरोमा ३८ जना पुरिएर बेपत्ता भएका थिए। ​गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार पहिरोबाट निकालिएका शवको सामूहिक अन्त्येष्टि गर्ने तयारी भइरहेको छ। ​

शुक्रबार बिहान जुगल गाउँपालिका-२ गोल्चे, लिदीमा बस्ती माथिबाट निकै ठूलो पहिरो खसेको थियो। पहिरोले त्यहाँका ३७ घर ध्वस्त पारेको छ। पहिरोले ठूलो क्षति भएको खबर आएपछि सभामुख अग्‍निप्रसाद सापकोटा बिहानै हेलिकोप्टरमा त्यहाँ पुगेका थिए। त्यसपछि गृहमन्त्री रामबहादुर थापा बादल सेनाको हेलिकोप्टरमा पुगेर राहत वितरण गरेका थिए।

हराइरहेकाहरुको खोजी गर्न पहिरोमा अब स्काभेटर चलाउने तयारी भइरहेको छ। राति पानी परेकाले उद्धारकार्य प्रभावित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *