नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप सात जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २ गते

विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्रिफिङ क्रममा थप सात जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काब्रे, नवलपरासी, धनुषा, मोरंग, बाँके, कास्कीबाट एक-एक जना पुरुष र तनहूबाट एक जना महिला ज्यान गएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ११४ पुगेको छ । मृत्यु हुनेमा ८९ पुरुष र २५ महिला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *