भारतमा एकै दिनमा थपिए ६५ हजार २२ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ ३ गते

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार समग्र संक्रमितको संख्या २७ लाख ६६ हजार छ सय २६ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६५ हजार २२ नयाँ संक्रमित फेला परेका हुन् ।

५३ हजार १४ जनाले ज्यान गुमाइसकेका छन् ।२० लाख ३६ हजार सात सय तीन जना उपचारपछि निको भएका छन् । छ लाख ७६ हजार नौ सय उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *