नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप छौ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ३ गते

विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप छौ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्रिफिङ क्रममा थप छौ जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।

न्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौँ र बर्दियाबाट एक-एक जना पुरुष र मोरंग,भक्तपुर,चितवन र सुनसरी बाट एक एक जना महिला ज्यान गएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या १२० पुगेको छ । मृत्यु हुनेमा ९१ पुरुष र २९ महिला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *