अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ४ गते
बुधबार राति करीब ९ : १५ बजेको समयमा खाना खाने तयारी गरिरहेको मन्दिरका पुजारी गोली हानी हत्या गरिएको छ ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई अज्ञात समूहले कन्चटमा गोली हानी हत्या गरेको हो ।
हतियार सहित आएका अज्ञात व्यक्तिको समुहले खाना खाइरहेका पुजारी साहलाई गोली हानी फरार भएका छन् ।
अज्ञात समूहको गोली प्रहारबाट पुजारी साहको घटनास्थलमै मृत्यु भएको बताइएको छ । गोली कस्ले र किन चलाएको भने कुरा खुल्न सकेको छैन ।