अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ ४ गते
भारतमा एकै दिन झन्डै ६९ हजार नयाँ कोरोना संक्रमित भेटिएका छन् ।केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६९ हजार १९६ संक्रमित फेला परेका जनाएको छ ।

कुल संक्रमितको संख्या २८ लाख ३५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ९८० जनाको मृत्यु भएसँगै भारतमा कुल मृतकको संख्या ५३ हजार ९९४ पुगेको छ।
२० लाख ९६ हजार ६८ जना उपचारपछि निको भएका छन् ।