अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, भदौ ४ गते
कैलालीमा बिहिवार (आज) राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी हुँदैछ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गरेको सिफारिसको आधारमा संक्रामक रोग र स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्न लागिएको हो।

आज मध्यरातिदेखि १४ गतेसम्म अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न पाईने छैन्।
जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाईने छैन् भने खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरुको हकमा विहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टा मात्रै सञ्चालन गर्न पाईनेछ।
कैलालीमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७३ पुगेको छ । ती मध्ये १ हजार १ सय ७३ जना निको भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ४ जनाको मृत्यु भइसकेको छ ।