उपत्यकामा निषेधाज्ञाको अवधिमा मर्निङ वा इभिनिङ वाकका लागि बाहिर निस्केमा पनि कारवाही

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ४ गते

काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधिमा अत्यावश्यक काम बाहेक बाहिर निस्केमा कार्वाही गरिने जनाइएको छ । निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा कडाई गर्ने छ।

 काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘मर्निङ वा इभिनिङ वाक जान्छु भन्‍ने सोचेर ननिस्किनुहोस्, सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुन्छ।’ उक्त ऐनमा आदेशलाई अवहेलना गर्ने व्यक्तिमाथि एक महिनासम्म कैद वा १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

 त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सयसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा जारी गरिएको छ । यी तीन क्षेत्रमा निजी तथा सार्वजनिक यातयात, पसल होटल, फुटपाथ लगायतका सबै क्षेत्रमा कडा प्रतिबन्ध लगाउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *