अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता, भदौ ७ गते
महानगरपालिकाले सुचना प्रकाशित गरेपछी सबै प्रक्रिया पुरा गरी गरेको ठेक्का रद्द गर्नु कानुन बिपरित रहेको छ । यदि येसलाई नसच्याए आफू चुपलागि नबस्ने र अदालत जाने ठेकेदार रन्जित पटेले बताएका छन ।

भेडाहा खोलाको टेन्डर आवहन भएपछि सरस्वती निर्माण सेवासहित ११ वटा कम्पनीले ठेक्का फारम खरिद गरेकोमा ७ वटा कम्पनीले ठेक्का समेत भरेको वीरगन्ज महानगरपालिका स्रोतले जनाएको छ । शिलबन्दी ठेक्कामा सबै भन्दा बढी रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दिने प्रवधान रहेको कारण बीरगन्ज महानगरपालिकाले सरस्वती निर्माण सेवा कम्पनीसँग भेडाहा खोलाको बालुवा, गिट्टी उत्खनन तथा निकासी सम्बन्धी सम्झौता गर्नुपर्ने महानगरपालिकाको राजस्व शाखामा कार्यरत एक कर्मचारीले बताएका छन ।

बिरगंज माहानगर्पालिका ले तोकेको टेन्डर रकम भन्दा बढी रकम हाली ७ कम्पनीले प्रतिस्परधा गरेका थिए ।भाग लिएकोमा उक्त प्रतिस्पर्धामा सबै भन्दा बढी रकम सरवस्ती निर्माण सेवा कम्पनीले ४१ लाख ९२ हजार १ रुपैयामा ठेक्का सकार गरेको बीरगन्ज महानगरपालिकाले जनाएको छ ।बोलपत्र अह्वान गरेपछि खोल्नै पर्ने भएको कारण सबै प्रक्रिया मिलाएर खोलिएको राजस्व शाखा प्रमुख रामदयाल यादवले बताए ।
वीरगन्ज महानगरपालिकाले ३८ लाख १० हजार २ सय ४० रुपैंया न्युनतम कबोल अंक तोकिएको छ । सरवस्ती निर्माण सेवा कम्पनीले आफुले सबै नियम पुरा गरेको कारण ठेक्का सम्झौता गर्न महानगरले अनाकानी गरे पछि आफु अदालत पनि जाने बताएका छन।