अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १२ गते
नेपालमा आज थप १२ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ पुरुष र ४ महिला गरी १२ जनाको ज्यान गएको जानकारी दिए ।
उनका अनुसार मोरङका २ जना, भक्तपुर र मकवानपुरका एक-एक जना महिलाको मृत्यु भएको छ ।
यस्तै उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका एक-एक जना पुरुषको ज्यान गएको छ ।