नेपालको प्रसिद्ध उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १२ गते

नेपालको प्रसिद्ध उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार चौधरीले आफू कोरोना संक्रमित भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका हुन् ।

कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।

डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *